मुलुकको हितका लागि जसपाको उदय : नेता यादव

लोकपथ
156
Shares

लहान । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले मुलुकको हितका लागि आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदय भएको बताएका छन् ।

सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादवले ठूला दलहरुले मुलुकको हितमा काम गर्न नसकेकाले आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गरे ।

जनताले पटक पटक मत दिए पनि पुराना दल सत्ता स्वार्थमा मात्र रमाएको आरोप लगाउँदै यादवले मुलुकको हित र जनअपेक्षाअनुरुप आफ्नो पार्टीले मात्र काम गर्नसक्ने बताए ।

जसपाको जन्म नै देशलाई विकल्प दिनका लागि भएको उल्लेख गर्दै नेता यादवले जनताले जसपालाई साथ दिनुपर्ने बताए । देशको समृद्धि र सुशासनको सपना, सबै समुदाय एवं वर्गको अधिकार र पहिचान तथा वास्तविक समाजवादको सपना आफ्नो दलले मात्र पूरा गर्नसक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?