सर्वोच्च विवाद : सुनुवाइ निरन्तर प्रभावित

लोकपथ
7
Shares

काठमाडौं । पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित बनेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग न्यायाधीशहरु असन्तुष्ट बनेपछि पेसी तोकिए पनि सोमबार (हिजो) देखि सुनुवाइ प्रभावित बनेको हो ।

प्रधानन्यायाधीश राणाको कारण न्यायालयमा विवाद देखिएको भन्दै आइतबार नेपाल बार एशोसियसनका पदाधिकारी तथा सदस्यहरुले प्रधानन्यायाधीशसँग छलफल गरेका थिए । थप छलफलका लागि भन्दै सोमबारका लागि प्रधानन्यायाधीश राणाले फुलकोर्टको बैठक बोलाएका थिए । तर प्रधानन्यायाधीश राणासँग असन्तुष्ट बनेका न्यायाधीशहरुले सोमबारको बैठक बहिस्कार गरेका थिए ।

असन्तुष्ट १४ न्यायाधीशहरुको छुट्टै बैठक समेत बसेको थियो । जसका कारण पेशी तोकिए पनि सोमबार सुनुवाइ हुन सकेन । त्यस्तै आज पनि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?