पोखराको लेकसाइडस्थित ड्रिमल्यान्ड होटेलमा महिलामाथि यौन शोषण, दुई जना पक्राउ

लोकपथ
847
Shares

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाइदिन्छु भन्दै ललाईफकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?