म्याद सकिएका लेज कुरकुरे नयाँ मिति राखेर बिक्री वितरण, गोदाममा प्रहरीको छापा

लोकपथ
1.4k
Shares

काठमाडौं । म्याद सकिएको लेज कुरकुरे लगायतका सामाग्रीहरुमा नयाँ मिति राखेर बिक्री वितरण गर्दै आएको गोदाममा प्रहरीले छापा मारेको छ ।

सोमबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंको धापासीस्थित गोल्डेन नेपाल प्राइभेट लिमिटेडमा छापा मारेको हो ।

लेज, कुरकुरे लगायत मिति सकिएका खाद्य वस्तुहरुमा नयाँ मिति राखेर बिक्री वितरण गर्दै आएको गोदाममा छापा मारिएको र गोदाममा समेत सील गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी प्रमेश विष्टले लोकपथलाई जानकारी दिए ।

‘मिति सकिएका खाद्य वस्तुहरु बिक्री गर्दै आएको गोल्डेन नेपालमा छापा मारि गोदामहरु सील गरिएको छ ।’ उनले भने, ‘त्यसबारे आवश्यक अनुसन्धान भइरहेको छ ।’

त्यसैगरी अन्य सामाग्रीहरु पनि नयाँ मिति राखेर बेचिएको भन्ने सूचना आएकाले त्यसबारे समेत अनुसन्धान भइरहेको उनको भनाइ रहेको छ ।

प्रहरीले विभिन्न समयमा म्याद सकिएका सामाग्रीहरु बिक्री गर्दै आएका गोदाम तथा पसलहरुमा छापा मार्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?