फुलकोर्ट बैठक : असन्तुष्ट न्यायाधीशहरु छुट्टै छलफलमा

लोकपथ
84
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठक आज बस्दैछ ।

नेपाल बार एशोसियसनसँग आइतबारको छलफलपछि प्रधानन्यायाधीश राणाले आजका लागि सबै न्यायाधीशहरुको बैठक बोलाएका हुन् । न्यायालयमा देखिएका समस्याहरुबारे छलफल गर्न भन्दै आइतबार बारले प्रधानन्यायाधीशसँग छलफल गरेको थियो ।

प्रधानन्यायाधीश राणाले आफूखुसी पेशी तोकेको, कार्यपालिकामा भाग खोजेको लगायतका आरोप आइरहेका छन् । सो क्रममा सर्वोच्चका १४ न्यायाधीशहरुले आजको फुलकोर्ट बैठकप्रति असन्तुष्ट देखिएका छन् । आजको बैठकमा १४ न्यायाधीशहरु उपस्थित नहुने संकेत देखाएका छन् ।

आज दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाए पनि असन्तुष्ट न्यायाधीशहरु भने त्यसअघि नै छुट्टै छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?