बिदा कटाैतीको निर्णय मन परेको छैन : प्रचण्ड

काठमाडाैं : माअोवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले सार्वजनिक विदा कटाैतीसम्बन्धी सरकारी निर्णयमा अाफु सहमत नभएको प्रतिक्रिया दिएका छन् । के.पी. शर्मा अोली नेतृत्वको मन्त्रीपरिषद्ले विदा कटाैती गरेको गुनासो लिएर प्रचण्डकहाँ पुगेका अादीवासी जनजाति महासंघका प्रतिनीधिसँग कुरा गर्दै उनले छलफल नगरि सरकारले बिदा कटाैतीको निर्णय लिएकाले यसको पुनरावलोकनका लागि पहल गर्ने जवाफ दिएका छन् ।  

सरकारले चैत १४ गते मन्त्रीपरिषद् वाट निर्णय गरि बिदा कटाैती गरेको थियो । जनजाति नेताहरूले सांस्कृतिक पर्वकै बिदा काटिएकाले पुनरावलोकन गरिदिन प्रचण्डसँग अाग्रह गरेका हुन् । भेटमा उनीहरूले अादिवासी जनजाति उत्थान प्रतिष्ठानलार्इ सरकारले निस्क्रिय पारिदिएको, गुम्बा विकासका लागि बजेट नछुट्याएको र दुर्गम क्षेत्र विकास समितिलार्इ खारेज गर्न लागेको भन्दै प्रचण्डसँग गुनासो गरेका छन् । प्रदेशको जातीय नामाकरणमा पनि सरकार अनुदार बनेको जनजाति नेताले अारोप लगाएका छन् । 

उता, सार्वजनिक विदा कटाैतीमा प्रचण्डले असन्तुष्टि रहेको बताएपनि गृहमन्त्री रामबहादुर थापाले कटाैती अावश्यक भएको प्रतिक्रिया दिएका छन् । थापा माअोवादी (केन्द्र) का महासचिव पनि हुन् । बुधबार जनजाति नेताले थापासँग गरेको भेटमा उनले मुलुकमा बढि विदाको व्यवस्था भएको र अार्थिक समृद्दिका लागि अनावश्यक विदा कटाैती गरि काम गर्नुपर्ने जवाफ दिएका थिए । 

विदा कटाैती र जातीय मागहरू सुनाउन अाफुसँग भेट्न खोजेका जनजातिलार्इ प्रधानमन्त्री के.पी. शर्मा अोलीले भेट्नै नदिएको जनजाति नेताहरूले बताएका छन् । अाफुहरूले प्रधानमन्त्रीसामु कुरा राख्न नपाएको उनीहरूको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?