ओमनमा नेपाली चेलीको उद्धार

काठमाडौ : ओमनको प्रहरीले एक नेपाली चेलीको उद्धार गरेको छ । बैदेशिक रोजगारीका लागि भारतबाट संयुक्त अरब इमिरेट्स हुँदै ओमान पुगेकी बुटवल–१३ कि रामकुमारी (नाम परिवर्तन) लाई बंगलादेशीको समुहले यौनशोषण र हत्या गर्न लागेपछि प्रहरीले उनलाई उद्धार गरेको हो ।

 

 मस्कटमा घरेलु कामदारका रुपमा रहेकी रामकुमारीलाई तलब र खाना नदिने तथा गालीगलौज गरेपछि उनी काम छाडेर अर्को घरमा अवैद्य घरेलु कामदारका रुपमा कार्यरत थिईन । आजाद नाम गरेका बंगलादेशीले सो राम्रो काम मिलाइदिने भन्दै उनलाई सो स्थानबाट मावेला भन्ने ठाउँमा पु¥याएका थिए ।

 नयाँ घरको भुईँतलामा रामकुमारीलाई राखेर आजाद नाम गरेका ती व्यक्तिले साँझपख ५ जनाको समुह ल्याई बलात्कार र हत्याको योजना बनाएका थिए । सो योजना सुन्नासाथ रामकुमारीले ओमन प्रहरीलाई खबर गरेको र प्रहरीले पीडितलाई उद्धार गरि ल्याएको ओमनस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

 नेपाली चेलीलाई बलात्कार र हत्या प्रयास गर्ने पाँचै जनालाई ओमन प्रहरीले विभिन्न ३ स्थानबाट पक्राउ गरेको छ । दुतावासले पीडितको स्थिति बुझेको र कानुनी उपचार दिई सकुशल उद्धार गर्न लागिपरेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?