श्रमिक दिवसका दिन माअोवादी केन्द्रका नामबाट दुर्इ फरक शुभकामना

काठमाडाैं : १२९ अाैं अन्तरराष्ट्रिय श्रमिक दिवसका दिन नेपालमा एउटै कम्युनिष्ट पार्टीको नामबाट फरक-फरक दुर्इ पक्षले शुभकामना सन्देश दिएको छ । नेकपा माअोवादी (केन्द्र) को नामबाट पुष्पकमल दाहाल (प्रचण्ड) र गोपाल किराँतीले शुभकामना सन्देश सार्वजनिक गरेका हुन् । 

माअोवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले पनि माअोवादी (केन्द्र) कै नामबाट शुभकामना दिएका छन् । सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको उल्लेख गर्दै प्रचण्डले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको उल्लेख गरेका छन् ।

देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको, अग्रगामी कम्युनिष्टहरुबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने र त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको प्रचण्डले शुभकामनामा लेखेका छन् ।

उता, गोपाल किराँतीले पनि श्रमिक दिवसको शुभकामना माअोवादी (केन्द्र) कै नामबाट दिएका छन् ।वाम गठबन्धन बनार्इ एमालेसँगै चुनाव लडेको प्रचण्ड नेतृत्वको माअोवादी (केन्द्र) ले नेकपा (एमाले) सँग पार्टी एकता नै गर्न लागेपछि गोपाल किराँतीले असन्तुष्टि जनाएका थिए । त्यसपछि उनले प्रचण्ड समुह माअोवादी (केन्द्र) मा नरहेको जनाउँदै पार्टीको स्वामित्व अाफुहरू मातहत रहेको दाबी गर्ने गरेका छन् । शुभकामनामा उनले अाफुलार्इ माअोवादी (केन्द्र) को संयोजक रहेको उल्लेख गरेका छन् । 

किराँतीले शुभकामना सन्देशमा नेपालको राष्ट्रिय स्वाधीनता, समाजवाद र समृद्धिका लागि श्रमिकवर्गको स्वामित्वमा राष्ट्रिय पुँजी निर्माण तथा व्यवस्थापनको राज्य नीति स्थापित गर्न, सम्पूर्ण वैदेशिक ऋण खारेज गरी नेपाली नागरिकलाई ऋण मुक्त पार्न, एकाधिकार चरित्रका सबै खाले परियोजनाहरु राष्ट्रियकरण र जनतामा निहित सार्वभौमसत्ताको अभ्यासका लागि सम्पूर्ण नीजि संस्था र नीजि सम्पत्ति राज्यको स्थानीय तहमा समुदायकरणको जोडदार माग गरेका छन् ।

सबै प्रदेशको जातीय नामाकरण गर्नुपर्ने मागसहित किराँतीले वैज्ञानिक ढंगले राजधानी निर्धारण गर्न सम्बन्धित प्रदेशका माननीय सांसदहरुलाई अाग्रह गरेका छन् ।यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महान जनयुद्धद्वारा स्थापित क्रान्तिका मुद्धाहरु कार्यान्वयन गर्न संघर्षरत राजनीतिक संगठन भएको किराँतीले सन्देशमा उल्लेख गरेका छन् । हाल हिन्दु राजतन्त्र फर्काउने षडयन्त्र भर्इरहेको पनि किराँतीको अारोप छ ।

किराँतीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. अोलीलार्इ 'चारु मजुम्दारको रगत पिउने ज्योति बशुको भूत सवार' को अारोप लगाउँदैए सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाएर त्यसका नेताहरु विरुद्ध मुद्दा हाल्ने, गिरफ्तार गर्ने, वेपत्ता पार्ने जस्ता जघन्य दमन गरिरहेको उल्लेख गरेका छन् । उनले नेकपाद्वारा आयोजित “नेपाल बन्द कार्यक्रम” मा नीतिगत समर्थन गर्दै नेपाल सरकार–नेकपा वार्ताको लागि आह्वान पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?