निफ्राको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश परिमार्जन गरेको छ ।

बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गर्दै अब आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत सेयर बोनस वितरण गर्ने भएको हो ।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्दै आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने भएको हो ।

नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।

यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?