गगन अयडी
धनगढी । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक दलीयतन्त्र आफूहरुलाई मान्य नहुने बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षप्तमा कुरा गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकार नसच्चिए काँग्रेस बाध्य भएर सडकमा उत्रने चेतावनी दिए ।
‘ओलीको खोक्रो राष्ट्रवाद प्रधानमन्त्री भएपछि लम्पसारवादमा परिणत भइसकेको छ ।’, उनले भने ‘ओली सरकार लोकतन्त्रलाई मासेर आयातित कम्युनिष्टवाद लाद्न खोज्दैछ ।’
सरकार तानाशाही ढंगबाट चलेको बताउँदै त्यसको आलोचना गरे । पार्टीका पदाधिकारी मनोनीत कहिलेसम्म हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा उनले केहि दिनमा हुने बताए । सबैलाई मिलाएर अगाडि जाने जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया