काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका सयौं कार्यकर्ता राजपामा प्रवेश

एसपी यादव, सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नं. २ का  प्रतिनिधिसभाका सदस्य तथा राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवले काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका सयौं कार्यकर्तालाई  पार्टीमा प्रवेश गराएका छन् ।
सर्लाहीको सदरमुकाम मलङ्ग्वामा आज भएको  कार्यक्रममाबाट पार्टी प्रवेश गर्नेहरुमा एमालेबाट निर्वाचित मलङ्ग्वा नपा वडा नं.१ का पुर्व वडा अध्यक्ष राम एकवाल राय, वडा नं.२ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार राजकिशोर यादव, वडा नं.३ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार प्रमोद यादव र वडा नं.१० का स्वतन्त्र उम्मेदवार संतोष साह समेत रहेका  छन ।

नव प्रवेशी कार्यकर्ताहरुलाई  यादवले फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएको  राजपाका जिल्ला सचीव एवं क्षेत्र नं. २ `ख´ को क्षेत्रीय संयोजक विनय कुमार रायले जानकारी गराएका छन ।

सो अवसरमा मन्तव्यका क्रममा नेता यादवले मधेस र मधेसीको अधिकार र पहिचानको लडाइ भएकोले मधेसी पार्टीमानै लाग्नुपर्ने  बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?