कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ । 

निर्वाचन पराजयको जिम्मेवारी, संसदीय र कार्य सम्पादन समिति विघटन तथा महासमिति बैठकका विषयमा सहमति जुट्न नसक्दा बैठक अनिश्चित भएको हो । 

आइतबार बिहान ९ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको थियो । बैठक अझै सुरु हुन सकेको छैन । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ढिलोमा असार पहिलो साता सम्ममा महासमिति बैठक बोलाउनु पर्ने अडानमा छ । सभापति देउवा पक्ष असोजमा महासमिति बैठक बोलाउने तयारीमा छ भने सभापति देउवा कार्य सम्पादन र संसदिय समिति विघटनको पक्षमा छैनन् । 

चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा राखिएका प्रस्तावहरु निर्णयमा समावेश नगर्ने परिस्थिति आए नोट आफ डिसेन्ट लेख्ने एक केन्द्रिय सदस्यले बताए । 

दुई पक्षका शीर्ष नेताहरु सम्मिलित बैठकमा मध्यमार्गी बाटोको खोजी भइरहेको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?