काठमाडौं । भारतसँग सीमा जोडिएको प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटबल पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँको संसदलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा ओलीले भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको भन्दै ओलीले भने, ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ, । भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’
प्रधानमन्त्री ओलीले थपे, ‘आकाशबाट एउटामात्रै बाटो दिएको हुनाले हामीलाई अप्ठ्यारो छ, किनभने भारतले एउटामात्रै बाटोबाट हामीलाई पस्न दिन्छ । जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिराख्नुपर्ने कुनै आवश्यकता होइन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’
ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताए । । उनले नारायणीदेखि कर्णालीसम्म सुस्तादेखि राजापुरसम्मका भूभागले विकास र समृद्धिको संकेत गरेको उनले बताए ।
प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।
लुम्बिनी आउने क्रममा प्रदेशसभामा सम्वोधन गर्ने कार्यतालिका बनाएका ओलीले आज बिहान ९ बजे प्रदेश सभामा सम्वोधन गर्ने कार्यतालिका थियो । उनले १० बजेर ४० मिनेट मात्र प्रदेश सभामा सम्वोधन गर्न पुगेका थिए ।
उनले १ घण्टा ४ मिनेट ऐतिहासीक प्रदेशसभालाई सम्वोधन गरेका छन् । १बजेर ४० मिनेटमा सम्वोधन गर्न शुरु गरेको ओलीले ११ बजेर ४४ मिनेट सम्म भाषण गरेका थिए ।
प्रदेश नम्बर ५ को प्रशसा गरेका ओलीले कृषि र पर्यटनबाट यो प्रदेश समुद्ध बनाउन सकिने बताए ।
पहिलो पटक प्रदेशको संसदलाई सम्बोधन गरेका उनले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको बताए ।
संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको उनको भनाई थियो ।
‘पहिला केन्द्रमा सरकारमा हुन्थ्यो, अब प्रदेशमा पनि सरकार हुन्छ । यस प्रदेशसभामा आज उपस्थित भएको छु । यो आधा दशकको उपलब्धी हो ’ उनले भने ।
आधा दशक भन्दा बढि नेपाली जनता कठिनाइएपूर्ण संघर्ष पार गरेर आजको अधिकारसम्पन्न घडीमा आइपुगेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया