काठमाडौं । चाडपर्वको बेला हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो । सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको छ । सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले बताए । उनले सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था गरिएको बताउँदै चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक चन्दले प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको पनि बताए ।
उनले भने, ‘सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको छ, सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था मिलाएका छौँ, चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे छ, हामीले प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।’
त्यस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएको बताए । उनले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर प्रदेशभर विशेष सुरक्षा योजना लागू गरिएको बताए ।
एसएसपी अधिकारीले भने, ‘चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको छ, यसवर्ष पनि गत वर्षझैँ हामीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएर प्रदेशभर लागू गरेका छौँ, दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको छ ।’
कोरोनाको जोखिम कायमै रहेकोले सर्वसाधारणमा पनि सचेत भएर दशैँ मनाउन र दशैँको लागि किनमेल गर्न प्रहरीले आग्रह गरेको एसएसपी अधिकारीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया