काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको संलग्नता भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्चले त्यस्ता विषयमा प्रधानन्यायाधीशलाई जोड्नु अत्यन्तै दुखद र खेदजनक विषय रहेको बताइएको छ ।
‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्मानीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशित हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । नेपालको संविधानबमोजिम कुत्सित मनसाय राखी लान्छित गर्नु अत्यन्त दुख अवस्था हो ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी भ्रमपूर्ण र मिथ्पापूर्ण समाचारको विश्वासमा नपर्न आग्रह गर्दै सम्बन्धित समाचारहरु प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुनेगरी प्रकाशन गर्न समेत सर्वोच्चले आग्रह गरेको छ ।
केही दिनयता मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको समेत भाग रहेको समाचारहरु प्रकाशन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया