रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ निर्वाचित

लोकपथ
553
Shares

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

पूर्णबहादुर तामाङले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएपछि दोस्रो चरणको निर्वाचनअघि नै निकटतम प्रतिस्पर्धी लवश्री न्यौपानेले तामाङलाई समर्थन गरेका छन् । न्यौपानेले समर्थन गरेपछि दोस्रो चरणको मतदान नहुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा तामाङले ६ सय ६८, न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?