एमालेको विधान महाधिवेशन : समापन समारोहलाई ओलीले सम्बोधन गर्ने

लोकपथ
224
Shares
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज समापन हुँदैछ ।
महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले दिएपछि महाधिवेशन विधिवत रुपमा समापन हुनेछ । समापन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । अहिले पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिईरहेका छन् ।
त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् भने अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ । त्यसैगरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ । शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गरेका सो महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?