१० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, को-कहाँ ?

लोकपथ
245
Shares

काठमाडौं । सरकारले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रबार प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवाको निर्णय गरेको हो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

त्यसैगरी, भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाल, लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ ।

मन्त्रालयले नमराज जैसीलाई रसुवा पठाएको छ भने अनोज घिमिरेलाई तेह्रथुममा सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?