एमाले विधान महाधिवेशन : ओली, पोखरेल र पौडेलले जवाफ दिने

लोकपथ
112
Shares

काठमाडौं । असोज १५ गतेदेखि ललितपुरको गोदावरीमा सुरु भएको नेकपा एमालेको जारी विधान महाधिवेशन आज आइतबार सकिँदैछ ।

महाधिवेशनको अन्तिम दिन आज पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने भएका छन् ।

त्यस्तै, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?