पार्टीको अवस्था सुधार गर्न काँग्रेसका युवा नेताको दुई प्रस्ताव (दुवै प्रस्तावसहित)

नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीको समस्या समाधानको बाटो देखाउँदै कांग्रेसलार्ई गतिशील बनाउन दुइवटा प्रस्ताव पेश गरेका छन् । 

युवा नेताहरुले हाल जारी केन्द्रीय समिति बैठकबाटै थालनी गर्ने तथा दीर्घकालिन गरी दुइवटा प्रस्ताव पेश गरेका हुन । पार्टीको विगतको समीक्षा, तत्काल गर्नुपर्ने काम र भविष्यका लागि मार्गचित्र प्रशस्त गर्नेगरि युवा नेताहरुले सो खाका केन्द्रिय बैठकमा पेश गरेका हुन् । एउटा प्रस्ताव ९ बुँदाको छ भने अर्को प्रस्ताव ५१ पृष्ठ लामो छ ।

यी दुई प्रस्ताव युवाको दुई समुहले बुझाएको पार्टीस्रोतले जानकारी दियो । गगन थापा सहितका ७ जनाको टीमले ५१ पन्ने प्रस्ताव राखेपछि पुन: गगनसहितकै १५ जनाले अर्को प्रस्ताव प्रस्तुत गरेका हुन् । दुवै प्रस्तावमा युवाहरुको समुहका सबै सदस्य सहमत हुन नसकेपछि दुई प्रस्ताव आएको बुझिएको छ । ५१ पन्ने प्रस्तावमा नविन्द्रराज जोशीले समर्थन नगरेपछि सो समुहकै मागका आधारमा युवा समुहले अर्को ९ बुँदे प्रस्ताव ल्याएको हो । ९ बुँदे प्रस्तावमा भने गगन थापाले पनि समर्थन गरेका छन् । 

एउटा प्रस्तावमा तत्काल केन्द्रीय समिति बैठकबाट चाल्नुपर्ने कदमबारे उल्लेख छ । अर्को प्रस्तावमा पार्टीको विगत, भएका कमी–कमजोरी, वर्तमान अवस्था र सुधारका सुझाव समेटिएको छ । ५१ पृष्ठ लामो प्रतिवेदनमा युवा नेताहरुले तत्काल पार्टीको महाधिवेशन हुनुपर्ने, त्यसो नगरे पार्टी निकै कमजोर हुने र त्यसले पार्टीलाई दीर्घकालिन रुपमा उठ्न नसक्नेगरी द्वन्द्वमा फसाउने चेतावनी दिएका छन् ।

५१ पन्ने प्रस्ताव :

 

९ बुँदे प्रस्ताव :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?