काँग्रेस सचेतकमा भुसाल

काठमाडौँ, ५ वैशाख- नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?