बेइजिङ, ५ वैशाख । चीन भ्रमणमा रहेका नेपालका विदेशमन्त्री प्रदिप ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले पूर्वाधार विकास परियोजनामार्फत नेपाल, चीन र भारतको त्रिदेशीय आर्थिक करिडोर निर्माण गर्नु पर्ने बताए ।उनले भूकम्पपछिको पुननिर्माण, उर्जाको स्रोत विविधिकरण र दुई देशबीचको ब्यापारका लागि तिब्बतमा रहेका राजमार्गहरुको सञ्जाल अझ प्रभावकारी बनाउने उल्लेख गरे ।पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले चीन–नेपाल रेलले जोड्नुपर्ने बताउँदै आधुनिक रेलमा चढेर नेपालबाट चीन आउने आफ्नो सपना रहेको बताए ।चिनियाँ विदेशमन्त्री यीले बेल्ट एण्ड रोड इनिसेटिभ (ओबर) मा पर्ने परियोजनाको सूची छिट्टै सार्वजनिक गर्ने समेत बताएका छन् । नेपालले ओबरमा हस्ताक्षर गरिसकेपनि त्यसअन्तरगतका परियोजना अझै तय भएको छैन ।विदेशमन्त्री यीले नेपालको सार्वभामसत्ता, क्षेत्रीय अखण्डता र आफ्नो हित संरक्षणमा चीनको सधैं साथ रहने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया