यस्तो छ आजको राशिफल, हेर्नुहोस्

लोकपथ
1.2k
Shares

वि.सं.२०७८ साल असोज ०८ गते । शुक्रवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– तृतिया, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी, बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त भरुणी । योग– व्याघात, दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त हर्षण । करण– भद्रा, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त बव, बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०८ पला । चौथीश्राद्ध,इन्द्रध्वजपातन ननीचाया,गातिला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । राजनीति तथा सामाजिक काममा समय दिनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । पैत्रिक धन सम्पतिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने छैन भने सामाजिक कामहरु समयमा सम्पादन नहुँदा जनताको आलोचना सहनु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । स्वास्थ्यले साथ नदिने हुदा काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाब बढ्ने योग रहेकोछ । आफन्त तथा बुवा सरहका व्याक्तिसँग मनमुटाब सिर्जना हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नाँफामूखी व्यापार भन्दा सेवामुखी व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक उपलव्धी हासिल हुनेछ । पढाइ लेखाइकै शिलशिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बीच अझ विश्वास बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईँलाई पछी छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी वढाउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा बृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्यधारण गर्नुहोला । तरपनी कृषि,पशुपालन तथा पुर्खौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहादा नचाहादै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम गर्दा ध्यान दिनुहोला एउटै कामलाई दोहोर्याउर गर्नुपर्ने अवस्था आउन सक्छ । आर्थिक क्रिर्याकलाप तथा व्यापारमा मन्दी आउन सक्छ । बन्धुबान्धव तथा दाजुभाईसँग बिवाद हुनेछ । उत्पादनमूखि व्यावसाय तथा मेसिनरी सामानको व्यापारमा कमी आउनेछ । विवाद तथा हुलमुलमा सामेल नहुनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । ज्ञान कला तथा सहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाईलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?