सौर्य एयरले सुरु गर्‍यो धनगढी-काठमाडौं उडान

लोकपथ
1.9k
Shares

कैलाली । सौर्य एयरलाईन्सले धनगढी(काठमाडौं उडान सेवा सुरु गरेको छ । बुधबारदेखी सौर्य एयरलाईन्सले दैनिक एक सेवा धनगढी काठमाडौं उडान सुरु गरेको हो ।

अन्य जहाज भन्दा १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुबिधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले जनाएको छ । धनगढी देखी काठमाडौंसम्मको भाडादर ४५ सय र काठमाडौंदेखी धनगढी ६ हजार कायम गरिएको सौर्य एयरलाईन्स धनगढीका ईन्चार्ज देवेस खनालले जानकारी दिए ।

सौर्य एयरलाईन्स प्रालिले २०१८ देखी फाइनान्सीयल समस्या, कोभिड–१९ का कारण धनगढी–काठमाडौं उडान सेवा बन्द गरेको थियो ।

यात्रुहरुको चाहाना अनुसार सौर्य एयरलाईन्सल पुनः नियमित उडान गर्न लागेको एयरलाईन्सका धनगढीका ईन्चार्ज खनालले जानकारी दिए ।

आगामी दिनमा बिराटनगर देखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडाई यात्रा सञ्चालनमा ल्याउने योजना रहेको एयरलाईन्सले जनाएको छ । श्री ऐरलाईन्स तीन, बुद्ध एयरका तीन र सौर्य एयरलाईन्सको एक गरी अब दैनिक ७ वटा हवाई सेवा धनगढी बिमानिस्थलबाट हुने भएको नाटा सुदूरपश्चिमका महासचिव पदमबिक्रम सिहले जानकारी दिए । यसले गर्दा यात्रुहरुको चाप कम हुने र आफ्नो रोजाईको हवाई कम्पनीबाट उडान भर्न सजिलो भएको महासचिव सिहले जानकारी दिए ।

केहि प्राविधिककारणले २ वर्ष उडान सेवा बन्द गरेकोे एयरलाईन्सले असोज ६ गतेबाट गतेबाट पुनः नियमित सेवा दिएको हो । उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?