पहिरो पीडितले गरे बुटवलका मेयरमाथि मुक्का प्रहार

लोकपथ
49
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मेयर सुवेदीमाथि पहिरो पीडित एक युवाले एक्कासी मुक्का प्रहार गरेका थिए । मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले उनलाई जोगाएका थिए ।

लगातारको वर्षाले आएको पहिरोले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै स्थानीय जनता आक्रोश पोख्दै आएका थिए। पहिरोले सो क्षेत्रका ५० बढी परिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?