प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बस्ने

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज ४ गते सोमबारसम्मका लागि स्थगित भएको छ ।

गत बुधबारबाट सुरु भएको प्रतिनिमिध सभाको नवौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठक मंगलबार (आज) बसेको थियो ।

आजको बैठकमा विनियोजन विद्येयक २०७८ माथि छलफल भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त प्रस्ताव छलफलपछि बहुमतले पारित भएको थियो ।

बैठकमा निरन्तर अवरोध गरिरहेको नेकपा एमालेले आज पनि बैठकमा नाराबाजीसहित अवरोध गरेको थियो । अवरोधकाबीच विद्येयक बहुमतले पारित भएको घोषणा गर्दै सभामुख सापकोटाले अर्को बैठक असोज ४ गते सोमबार बस्ने जानकारी गराएका थिए । बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?