काठमाडौं । विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सोही क्रममा सांसदहरुले उक्त प्रस्तावमा प्रश्नहरु उठाएका थिए । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया