काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप ‘हाम्रो पात्रो’ले आईओएस प्रयोगकर्ताका लागि न्युज र क्यालेन्डर विजेट सार्वजनिक गरेको छ ।
एपले शुक्रबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’का साथै नयाँ ‘न्युज विजेट’ समेत ल्याएको हो ।
यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथि मितिको अपडेट लिन सक्नेछन्। क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यस पटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको छ ।

प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीनवटा विकल्प पाउनेछन्। जसमा चाडपर्व तथा विशेष दिन, बार मिति, मौसमसहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेटसम्बन्धी एक महिनाको पात्रोमा मिति, बार, तिथि र मौसमदेखि मध्यम विजेट र सम्बन्धित दिनको मिति, बार, तिथि र मौसमको जानकारीदेख सानो विजेटमध्येबाट रोज्न सकिने बताइएको छ।

त्यस्तै न्युजतर्फ एक मात्र समाचार देखिने सानो विजेट र चारवटा समाचार देखिने ठूलो विजेट गरी दुईवटा विकल्प रहेका छन् ।
समाचार विजेटमा विभिन्न न्युज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडेट प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजताअनुसार मिलाएर राख्ने सुविधा समेत यसमा छ ।
कसरी प्रयोग गर्ने ?
● यसका लागि सुरुमा आफ्नो आईफोनको होम स्क्रिनको खाली भागमा केही लामो समय थिच्नुहोस्।
● यति गरेसँगै स्क्रिनको माथि बाँयाको कुनामा प्लस आइकन देखिनेछ, त्यसमा दबाउनहुोस्। अब स्क्रोल गर्दै हाम्रो पात्रो एप छनौट गर्नुहाेस्।
● त्यहाँ तपाईंले हाम्रो पात्रोका सबै विजेट देख्न सक्नहुुनेछ ।
जसमध्ये आफूलाई मन परेको विजेट रोजेर तल रहेको ‘एड वि जेट’ बटनमा दबाउन पर्नेहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया