सत्ता गठबन्धनको बैठकमा देउवाले मागे मन्त्रीहरुको नाम

लोकपथ
77
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुकोे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रीहरुको नाम मागेका छन् । देउवाले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको बैठकमा सहभागी एक नेताले बताए ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गरेका थिए ।

मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?