काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ परेका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएपछि विमानस्थल बाहिर विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले लोकपथलाई जानकारी दिए ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार विमानस्थलमा आएपछि विमानस्थल बाहिर विरोध गर्नेछ जनालाई नियन्त्रणमा लिएका छौं । एसपी बस्नेतले भने ।
चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार काठमाडौं आइसकेकी छिन् ।
नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उपाध्यक्ष सुमार आउने भएकाले राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
सुमारले बिहीवार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया