कांग्रेस महाधिवेशन : ३५ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न

लोकपथ
308
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका अनुसार आज ३५ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न भएको छ ।

५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार प्रदेश १ का ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

त्यस्तै बागमतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की र म्याग्दीमा वडा अधिवेशन सकिएको हो । मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा पनि अविधेशन सम्पन्न भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?