पर्वत पहिरो अपडेट : मृतक संख्या १० पुग्यो

लोकपथ
637
Shares

काठमाडौं । पर्वतमा अविरल बर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल बर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी बिमला, ११ वर्षकी विनिता र ९ बर्षका विनोद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक एवं सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिदा फूलमाया थापाको पनि मृत्यु भएको छ । यस्तै कुश्मा–११ पकुवामा पहिरोले घर पुरिदा मायाकुमारी पौडेल र उनका ३ वर्षका छोराको मृत्यु भएको छ। मायाकुमारीकी सासू डल्ली पाध्या पौडेल बेपत्ता भएकी छन् । उनको खोजीकार्य जारी रहेको छ ।

त्यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?