कांग्रेस महाधिवेशन : चितवनमा भदौ २१ मा वडा अधिवेशन हुने

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेस चिवतनको वडा अधिवेशन आगामी भदौ २१ गते हुने भएको छ ।

निर्वाचन अधिृकत कमलमोहन पोखरेलले सबै पक्षसँग छलफल गरेर २१ गते वडा अधिवेशन गर्ने मिति तय गरेको बताए ।

चितवनमा ७ वटा स्थानीय तह र ९८ वटा वडा रहेका छन् ।

आज बसेको जिल्ला कार्यसमिति, पूर्व पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाहरुसँग छलफलपछि निर्वाचन अधिकृत पोखरेलले सो निर्णय गरेका हुन् ।

कांग्रेसले विभिन्न मितिमा महाधिवेशनको मिति सर्दै अन्ततः आजबाट वडा अधिवेशन गर्ने निर्णय गरेको हो । आजका लागि वडा अधिवेशन तोकिए पनि धेरै जिल्लाहरुमा भने २१ गते गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?