कास्की । रेष्टुरेन्टमा यौन धन्दा चलाउने एक सञ्चालिका पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा ए वान रेष्टुरेन्टकी सञ्चालिका ईलाम माई नगरपालिका–८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राई रहेकी छन् ।
पोखरा महानगरपालिका–६ शान्तिनगरस्थित सञ्चालित उक्त रेष्टुरेन्टकी सञ्चालिका राईले खाजा नास्ता बनाउने तथा वेटरको काममा लगाइदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी युवतीहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण कार्यमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले राईलाई सोमबार पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया