भारतबाट सात नेपाली युवतीको उद्धार

लोकपथ
518
Shares

जनकपुरधाम । भारतको बिहारबाट सात जना नेपाली युवतीको उद्धार गरिएको छ । बिहारको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई अर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखन गर्न लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मोबाइल खोसेर छोटो लुगामा अँध्यारो कोठामा राखेको बेला उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई झुक्याएर बेचबिखन गर्न लैजाने धनुषाकी एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा छौडादानोका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन छन् ।

ती युवतीहरुलाई भारतीय प्रहरी र आफन्त नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा उद्धार गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?