भीमफेदी दुर्घटना : खुल्यो मृतकको पहिचान

लोकपथ
98
Shares

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा आज बिहान मालबाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकमा सवार सिन्धुली लम्पटार–१ का २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा–८ का ३१ वर्षीय राजन बाँस्कोटा र सोही ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् ।

घाइते भएका बाँस्कोटाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आइचर ट्रक बिहान आफैँ अनियन्त्रित भई खोलामा खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?