अख्तियारको छापापछि वीपी प्रतिष्ठानका रजिष्ट्रारले दिए राजीनामा

लोकपथ
224
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको दुई सातापछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।

प्रतिष्ठानमा सरकारले गरिरहेको छानविनमा सहयोग पुर्‍याउन पदबाट राजीनामा दिएको डा. रेग्मीले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले प्रतिष्ठानमा साउन २८ गते छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?