काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९२३ संक्रमित छन् भने ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया