काठमाडौं । बलिउड इन्डस्ट्रीका स्टारहरु लगजरी लाइफ जिउने गरेका छन् । उनीहरुको पहिरनदेखी हरेक कदममा फ्यानहरुले नियाली रहेका हुन्छन् ।
स्टारहरुका बडीगार्ड पनि निकै चर्चामा रहने गरेका छन् । हालसालै बलिउडका स्टार अमिताभ बच्चनको प्रहरी बडीगार्ड चर्चामा रहेका छन् । अमिताभको प्रहरी बडीगार्ड जितेन्द्र शिन्देको साउथ मुम्बइको प्रहरी स्टेसनमा ट्रान्सफर भएको छ । उनको ट्रान्सफर लगत्तै उनी निकै चर्चामा रहेका छन् ।

जितेन्द्र अमिताभ बच्चनसँग सन् २०१५ देखी काम गर्दै आइरहेका थिए । जितेन्द्र अमिताभ बच्चनसँग प्राय हरेक ठाँउमा देखिने गरेका थिए ।
जितेन्द्रको एक वर्षको पारिषमिक १.५ करोड रहेको थियो । भारतीय प्रहरीले उनले यती ठूलो रकम कसरी कमाए भनेर छानवीन सुरु गरेको छ । जितेन्द्रले भने आफूले एक सेक्यूरेटी एजेन्सी चलाउने गरेको बताएका छन् ।
बलिउडका बादशाह शाहरुख खानको नाम रवि सिंह हो । रवि सिंह सधै शाहरुख खानको साथमै हुन्छन् चाहे भारतमा हुँदा होस् या शाहरुख खान भारत बाहिर हुँदा ।
रवि सिंह बडीगार्ड इन्डस्ट्रीको सबै भन्दा धेरै कमाइ गर्ने बर्डीगार्डमध्य एक हुन् । उनले एक वर्षमा २.७ करोड कमाउछन् ।
त्यस्तै, बलिउडका स्टार सलमान खानको बडीगार्ड शेरा हुन् । शेरा बलिउड बडीगार्ड इन्डस्ट्रीका चर्चित बडीगार्ड हुन् ।

उनले एक वर्षमा २ करोड लिने गरेका छन् ।
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया