जो साईकल लिएर बडिमालिका पुगे

लोकपथ
63
Shares

धनगढी । धार्मिक एवं पर्यटकीय क्षेत्र बडिमालिकाको प्रचारप्रसार गर्ने उद्देश्यले थालिएको साईकल यात्रीको टोली बडिमालिका पुगेर फर्केको छ ।

भदौ १ गते बिहान धनगढीबाट प्रस्थान गरेको ११ जना साईकल यात्रीको टोली त्रीवेणी धाम कालिकोट, बडिमालिका माता बाजुरा, नाट्यश्वरी माता बाजुरा, बैधनाथ धाम अछाम, शैलेश्वरी माता डोटी, भागेश्वर देवता डोटी, सालमुनी देवता डोटी, उग्रतारा माता डडेल्धुरा, घण्टेश्वर बाबा कैलाली को दर्शन गर्दै ७ दिन पछि सोमबार राती धनगढी पुगेको हो ।

यस क्रममा बडिमालिका यात्रा निकै कष्टकर हुँदाहुँदै पनि दर्शन गर्न र त्यहाँको सुन्दरतामा मोहित हुन जानको लागि आँट गर्न नसक्ने हरुलाई केही हौसला मिलोस भन्ने उद्देश्यले काठमाडौंबाट आएका साईकल यात्री विकास महर्जन र फारवेस्टर्न राईडर्सका संस्थापक भरत विक्रम शाहले चार हजार दुई सय मिटरको उचाइमा साईकल पुगाएर इतिहाँस रचेका छन् । उनिहरुले साइकल यात्रा मार्फत सुदूरपश्चिम प्रदेशको धर्म, संस्कृति, आस्था र पर्यटनलाई जोड्ने प्रयास गरे ।

बडिमालिकामा मात्र नभएर समुद्र सतहदेखी यति उचाईमा र लगातार पाँच दिन हिँड्नुपर्ने ठाउँमा साईकल पुगाउने सायद अन्य व्यक्तिले सक्दैनन् । धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पर्यटकिय स्थलल बडिमालिकालाई साईकलको माध्यामबाट संसारभर चिनाउने उद्देश्यले साइकल यात्रा गरिएको साइकल यात्री तथा फारवेस्टर्न राईडर्सका संस्थापक भरत विक्रम शाहले बताए ।

समुन्द्र सतहदेखी ४२०० मिटरको उचाईमा रहेको सुदुरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिका माताको दर्शन र बडिमालिका भ्रमणका क्रममा उचाईका कारणले हुने स्वास्थ्य समस्या, ज्वरो, रुघाखोकी, दुखाइ, पखाला, पेट दुख्ने, ग्यास्ट्रीक, मास्क, सेनिटाईजर, ब्याण्डेज, ह्यान्डप्लास्ट, चोटपटकको औषधि, दुखाईको स्प्रे/मलम लगायत आवस्यक पर्ने सम्पुर्ण औषधिहरु निसर्ग हस्पिटल धनगढीले वितरण गरेको छ ।

बाजुराको सदरमुकाम मार्तडी बजारबाट प्रस्थान हुने समयमा बजारमै, यात्राका क्रममा बिचमा पर्ने सोता भन्ने ठाउँमा, त्रीवेणी धाममा र बाटोमा यात्रा गर्ने क्रममा आवस्यक परेका करिब ४० जनालाई हस्पिटलले औषधि र करिब ६०० जनालाई मास्क वितरण गरेको निसर्ग हस्पिटलका संचालक कुबेर बहादुर शाहीले बताए ।

आफू बडिमालिका यात्रामा जान लागेको र त्यहाँ विभिन्न स्वास्थ्य समस्या पर्न सक्ने भएकोले अन्यहरुलाई पनि केही अप्ठ्यारो नपरोस् भन्ने उद्देश्य सहित सामाजिक उत्तरदायित्व अन्तर्गत औषधि र मास्क सहित गएको संचालक शाहीले बताए ।

उनले त्रीवेणी धाममा पुगेर निसर्ग हस्पिटलले कालिकोटको रास्कोट अस्पतालको डाक्टर भोजराज बम सहितको प्राविधिक टिमलाई बाँकी रहेको चार पेटि औषधि र २ हजार पिस मास्क हस्तान्तरण गरिएको बताए ।

रास्कोट अस्पतालको टिमले त्रीवेणी धाम र बडिमालिका मन्दिर परिसरमा करिब ३ सय जनालाई चेकजाँच र औषधि वितरण गरेको डाक्टर भोजराज बमले बताए । बडिमालिकामा जाने यात्रुलाई स्वास्थय समस्या नहोस् भन्ने बाजुरा जिल्ला अस्पतालको चिकित्सकीय र प्राविधिक टिम पनि औषधि सहित बडिमालिका पुगेको थियो ।

टिममा रहेका ग्रीन गोदावरी रिसोर्टका प्रबन्ध निर्देशक रवि भट्टले धार्मिक पर्यटनलाई सघाउ पुगोस भन्ने उद्देश्यले टिमको लागी आवश्यक पर्ने टेन्ट, म्याट, स्लिपिङ्ग ब्याग, स्टिक हरु उपलब्ध गराएका थिए । बडिमालिका धार्मिक तथा पर्यटकीय यात्रामा कैद गरिएका मनमोहक दृश्यहरु आफ्नो रिसोर्टमा कोठाहरु तथा अन्य ठाउँमा सजाएर त्यहाँको पर्यटनलाई प्रबद्र्धन गर्न सहयोग गर्ने ग्रीन गोदावरी रिसोर्टका सञ्चालक भट्टले बताए ।

टिममा भरत विक्रम शाह, बिकास महर्जन, कुबेर बहादुर शाही, दुर्गा अधिकारी, प्रकाश शाही, सुवास चन्द, रवि भट्ट, केशव भट्ट, कुशल विष्ट, रोशन भट्ट र किरन बोहरा सहित ११ जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?