रुपन्देही । रुपन्देहीमा एक ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ती बस्ने बर्दिया राजापुर नगरपालिका–६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरी रहेका छन् ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया