काठमाडौं । सर्वोच्च अदालतले बाग्मती प्रदेश दुग्ध बिकास बोर्डको उपाध्यक्ष पदको बिज्ञापनका सम्बन्धि परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
नेपाल डेरी साईन्स एशोसिएशनले २०७७ साल भाद्र २ गते बाग्मती प्रदेश सरकार द्वारा प्रकाशित बाग्मती प्रदेश दुग्ध बिकास बोर्डको उपाध्यक्ष पदको बिज्ञापनमा शैक्षिक योग्यता नतोकिएको र पद अनुसारको अनुभव योग्यता नपुगेको भन्दै २०७७र०५र३१ गते सर्वोच्चमा उत्प्रेषण आदेश माग गर्दै रिट दायर गरेको थियो ।
रिटमा सुनवाइ गर्दै बाग्मती प्रदेश सभा लगायत सम्पूर्ण बिपक्षीका नाममा सर्वोच्चको संवैधानिक ईजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया