मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडकै लोकप्रिय स्टार किड्समा पर्छिन् । सुहानाको हट र बोल्ट तस्बिरले सामाजिक सञ्जालमा भाइरल हुने ठाउँ पाइरहेका छन् । उनको इन्स्टाग्राममा पनि उत्तिकै संख्यामा फलोअर छन् । सुहानाले बलिउडमा डेब्यू नगरे पनि उनको लोकप्रियता कुनै अभिनेत्रीको भन्दा कम छैन ।
अब सुहाना चाँडै नै फिल्ममा डेब्यू गर्न जाँदै छिन । फिल्म निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा ल्याउन लागेकी हुन् । जोया इन्टरनेसनल कमिक बुक ‘आर्ची’माथि फिल्म बनाउँदै छिन् । यो कमिक बुकलाई भारतीय रुपान्तरणको काम भइरहेको छ । फिल्ममा उनको पहिलो रोजाइ नै सुहाना बनेकी छन् ।
‘फिल्ममा केही साथीको कथा देखाइनेछ । जसका लागि जोयालाई सुहानाका अलावा केही युवा कलाकारको खाँचो छ । उनले बाँकी कलाकारको खोजी गरिरहेकी छन् । यदि सुहाना र शाहरुखलाई स्क्रिप्ट मनपर्याे भने बाँकी कागजी काम पनि पुरा हुनेछन् । फिल्म थिएटरमा नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ,’ जोया निकट स्रोतले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया