काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी हुन् । आज राति १२ बजेबाट चालू अधिवेशन अन्त्य हुनेछ ।
त्यस्तै विभिन्न अध्यादेशहरु ल्याउन लागेको समेत बताइएको छ ।
सरकार गठनको एक महिना बित्दा पनि सरकारले संसद्लाई विजनेश दिन नसकेको भन्दै सांसदहरुले प्रतिनिधिसभामा आवाज उठाइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया