देउवा सरकार अल्पमतमा पर्न सक्छ : प्रचण्ड

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा रहेका बताएका छन् ।

शनिबारदेखि काठमाडौंको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यो सरकार माधव नेपालको अडानका कारणले टिकेको बताए ।

‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’

प्रचण्डले थप्दै भने, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?