काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको बताएका छन् ।
शनिबार दाङमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको बताए ।
त्यस्तै नेता पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी समेत गरे ।
‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्यौं । पार्टी एकता गर्यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैन्छ,’ नेता पोखरेलले भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो ।’ आजको परणामले त्यही पुष्टि भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया