काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाममा सचिवालयबाट आएको भिडियोबारे प्रतिक्रिया जनाएका छन् ।
‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…’ नामको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।
त्यसको पक्षविपक्षमा केन्द्रीय स्तरका नेताहरुको चर्काचर्की भएपछि देउवाले अब त्यसो नहुने बताए ।
शुक्रबार देउवा निवास बूढानिलकण्ठमा जारी बैठकमा उनले भने( ‘त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइसँके, अब आउँदैन, तपाईहरु ढुक्क हुनुस्’ प्रधानमन्त्री देउवाले भने ।
बैठक महाधिवेशन केन्द्रीत भएर बोलाइए पनि बैठकमा भिडियोबारे प्रशंग उठेको थियो ।
यसअघि सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा शीर्ष नेताहरुबीच भिडियोको विषयलाई लिएर चर्काचर्की भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया