आलमको मुद्दामा पेसी : ‘हेर्न नमिल्ने सूची’मा

लोकपथ
238
Shares

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहम्बद अफ्ताव आलमको मुद्दाको पेसी तोकिएको छ ।

आफू थुनाबाट छुट्न पाउनुपर्ने मागसहित दिएको निवेदनमा आज न्यायाधीशहरु प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दामा आलम थुनामा रहेका छन् । गत २०७० सालको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा बमबारी गराई मानिसहरुको ज्यान लिएको आरोप उनीमाथि रहेको छ ।

जिल्ला अदालत, रौतहटले उनलाई थुनामा राख्न दिएको आदेशको विशेष अदालतले सदर गरेको थियो । सोही आदेशअनुसार उनी सर्वोच्च पुगेका हुन् ।

उक्त मुद्दामा आजको लागि पेसी तोकिए पनि पहिले नै न्यायाधीशहरुले हेरिसकेको कारण ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?