कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।

बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रवार बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बस्ने गरी बोलाइएको छ ।

बिहीबारको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्नेगरी प्रस्ताव पेस गरेका थिए । त्यसैगरी उनले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका थिए ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राखेका थिए भने समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर नयाँ कार्यतालिका ल्याउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?