काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न छैन । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
कांग्रेसको पूर्वनिर्धारित कार्यतालिकामा १४ औं महाधिवेशन नहुने निश्चित भएपछि जारी केन्द्रीय समिति बैठकबाट नयाँ कार्यतालिका सार्वजनिक गरिने भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए ।
बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा थियो तर शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश नभएको प्रवक्ता शर्माले बताए ।
बैठकमा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गरेका थिए ।
भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया